

विराटनगर / मोरङको ग्रामथान गाउँपालकाकाे उप निर्वाचनमा माओवादीका नमोनारायण माझी विजयी निश्चित भएको देखिन्छ ।
ग्रामथान गाउँपालिकाकाे उप निर्वाचनमा पछिल्लो मतगणना अनुसार माेनारायण माझीले ६९६९ मतका साथ अग्र स्थानमा छन् भन्ने कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत ल्याएर हाल दोस्रो स्थानमा छन् । र एमालेका तुलसीराम विश्वासले ४१५९ मत ल्याएका छन् ।
यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाएका छन् । ग्रामथानमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए ।