मोरङको ग्रामथान गाउँपालिकामा माओवादीका नमोनारायण माझी विजयी

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १७, २०८१

विराटनगर / मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी अध्यक्षमा विजयी भएका छन्। माझीले कुल ६९६९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन्।

मत परिणामको विवरण:

1. नमोनारायण माझी (माओवादी केन्द्र): ६९६९ मत (विजयी)

2. बलराम सरदार थारु (नेपाली कांग्रेस): ५३३३ मत

3. तुलसीराम विश्वास (एमाले): ४१५९ मत

4. दिनेशकुमार थन्दार (राप्रपा): ५५५ मत

5. नवीनकुमार विश्वास खवास (राष्ट्रिय स्वतन्त्र पार्टी): ३७५ मत

नवनिर्वाचित अध्यक्ष माझीले ग्रामथान गाउँपालिकाको विकास र जनताको समस्याको समाधानमा आफू केन्द्रित हुने प्रतिवद्धता जनाएका छन्। शिक्षा, स्वास्थ्य, कृषि, र पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने योजना उनले अघि सारेका छन्।

ग्रामथानमा यो जितले माओवादी केन्द्रको पकड बलियो रहेको देखाएको छ भने आगामी दिनमा जनअपेक्षाअनुसार काम गर्न उनीमाथि दबाब रहनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]