एनपीएल : जनकपुर बोल्ट्स र कर्णाली याक्स आज आमनेसामने

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १७, २०८१

विराटनगर / नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सोमबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दोस्रो खेल हुन लागेको छ। खेल दिउँसो १:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

जनकपुर बोल्ट्सले यसअघिको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा सशक्त शुरुआत गरिसकेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख मार्की खेलाडीको रूपमा टोलीमा छन्। कप्तानीको जिम्मेवारी राष्ट्रिय टोलीका विकेटकिपर अनिल शाहले सम्हालिरहेका छन्।

जनकपुरको टोलीमा नेपाली खेलाडीहरू ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी रहेका छन्। विदेशी खेलाडीका रूपमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक रहेका छन्।

कर्णाली याक्सले चर्चित भारतीय खेलाडी शिखर धवनलाई अनुबन्ध गरेर चर्चा बटुलिसकेको छ। टोलीको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले गरिरहेका छन्। उनीसँगै टोलीमा गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन्।

कर्णाली याक्सले पाँच विदेशी खेलाडीलाई पनि टोलीमा समावेश गरेको छ। धवनसँगै हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद टोलीका मुख्य खेलाडी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]