रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १७, २०८१

विराटनगर/  नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार भण्डारीलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

यो पद कात्तिक २१ गते तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको राजीनामापछि रिक्त थियो। अधिकारीले विवादास्पद जापान भ्रमणका कारण आफ्नो पदबाट राजीनामा दिएका थिए।

नवनियुक्त मन्त्री भण्डारीले छिट्टै जिम्मेवारी सम्हालेर प्रदेशको आन्तरिक सुरक्षा, कानुनी व्यवस्थापन, र शान्ति स्थापनाका क्षेत्रमा प्रभावकारी कदम चाल्ने विश्वास गरिएको छ। मुख्यमन्त्री कार्कीले भण्डारीको अनुभव र क्षमताले मन्त्रालयलाई नयाँ दिशा दिने बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]