एनपीएल क्रिकेट: सुदूरपश्चिम रोयल्सको शानदार प्रदर्शन, विराटनगर किंग्सलाई ९० रनले हरायो

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर १८, २०८१

विराटनगर/ कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनको विशाल अन्तरले पराजित गरेको छ। यो सुदूरपश्चिमको पहिलो खेलमा शानदार जीत हो, भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ।

आज मंगलबार भएको खेलमा टस जितेर विराटनगरले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो। पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रनको बलियो लक्ष्य प्रस्तुत गर्‍यो।

कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५७ रन बनाएर टिमलाई बलियो अवस्थामा पुर्‍याए। ब्रेन्डन मक्मेलनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१, र सेफ जेबले १४ रनको योगदान दिए। विराटनगरका बलरहरूमध्ये अनिल खरेलले ३ विकेट लिए भने इस्मत आलम, बसिर अहमद, र क्रिस सोलले समान १ विकेट लिए।

जवाफमा विराटनगरको प्रदर्शन कमजोर रह्यो। १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरको टिम १६ ओभर १ बलमै ९२ रनमा अलआउट भयो। बसिर अहमदले २४, राजेश पुलामीले १५, र अनिल खरेलले १० रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

सुदूरपश्चिमका बलरहरू उत्कृष्ट रहे। अविनाश बोहोरा र स्कट कुगेलेनले समान ३–३ विकेट लिए भने सेफ जेब, इशान पाण्डे, र ब्रेन्डन मक्मेलनले १–१ विकेट झारे। कप्तान दीपेन्द्रसिंह ऐरीलाई “प्लेयर अफ द म्याच” घोषित गरियो।

आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिष्पर्धा हुँदैछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]