एनपिएलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १९, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपिएल) को एक रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ। विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेट गुमाएर १९१ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो।

लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। अन्तिमतिर विवेक यादवले ७ बलमा ३ छक्का हान्दै नटआउट १९ रन बनाए।

ओपनरद्वय आशुतोष घिरैया र अर्जुन साउदले क्रमशः १५ र १७ रन बनाए। चौथो ओभरमा निकोलास किर्टोनबाट रनआउट भएका घिरैयाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। अर्जुन इस्मत आलमको बलमा बोल्ड हुनुअघि १९ बलमा ३ चौका प्रहार गरे।

लुम्बिनीका अन्य ब्याटरमध्ये टस मुर्सले १७ बलमा ३० रन (१ चौका, ३ छक्का) जोडे। सन्दीप जोराले १३ बलमा १२ रन बनाए भने साद बीन जफरले १३ बलमा १५ रन जोडे।

विराटनगरको बलिङतर्फ कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १/१ विकेट लिए। लुम्बिनीका चार ब्याटर रनआउट भएका थिए।

एनपिएलमा विराटनगर किंग्स यसअघि खेलेका दुवै खेलमा पराजित भइसकेको छ भने लुम्बिनीले आफ्नो पहिलो खेल खेलिरहेको हो। विराटनगरका लागि यो खेल कठिन चुनौती सावित हुने देखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]