सुदूरपश्चिम रोयल्सको शानदार जित, काठमाडौंलाई ७३ रनले हरायो

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २०, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १५.५ ओभरमा ९४ रनमै अलआउट भएको हो।

सुदूरपश्चिमका लागि नरेन साउदको उत्कृष्ट बलिङ प्रदर्शन खेलको निर्णायक बन्यो। उनले ४ ओभरमा मात्र १९ रन खर्चेर ५ विकेट लिए। अभिनास बोहोराले २ विकेट लिए भने ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १/१ विकेट लिए।

काठमाडौंका लागि स्टेफन स्किनाजीले ३३ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए। सुमित महर्जनले १४, भीम सार्कीले १०, र जेहार्ड एरास्मसले पनि १० रन जोडे। अन्य ब्याटरले प्रभाव पार्न नसक्दा काठमाडौं पराजित भयो।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले ३६ बलमा ५३ रन बनाए। उनले ३ चौका र ४ छक्का प्रहार गरे। म्याकमुलनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे। भण्डारीले २८ बलमा ३५ रन बनाए।

दिपेन्द्रसिंह ऐरीले पनि उत्कृष्ट प्रदर्शन गर्दै २५ बलमा ४३ रन बनाए। ओपनर सेफ जैबले ११ रन, रोहन मुस्ताफाले ४ रन, र आरिफ शेखले ३ रन मात्रै बनाउन सके। काठमाडौंका लागि राशिद खानले २ विकेट लिए भने करण केसी, जेहार्ड एरास्मस, र साहब आलमले समान १/१ विकेट लिए।

यो जितसँगै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित काठमाडौं गुर्खाजले ३ खेलबाट केवल २ अंक मात्र जोडेको छ। प्रतियोगिता अझ रोचक मोडमा पुगेको छ, जहाँ सुदूरपश्चिमले आफ्नो प्रदर्शनमा सुधार गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]