झापामा सडक दुर्घटना: दुई गम्भीर घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/ झापा गाउँपालिकामा शुक्रबार साँझ भएको सडक दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। झापा-३ को कामाटोलीबाट गैरीगाउँ जाने भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

स्थानीय धनबहादुर प्रधानका अनुसार, दुर्घटनामा झापा-३ निवासी धनबहादुर पौडेलका छोरा पुष्प पौडेल र मोटरसाइकलमा पछाडि सवार एक महिला गम्भीर घाइते भएका छन्।

तालु सन्थालको घरअगाडि खेत जोतेर कामाटोलीतर्फ जाँदै गरेको मे १ त ६०६२ नम्बरको ट्याक्टर र घर जाँदै गरेको मोटरसाइकल जुधेका थिए।

घाइतेहरूको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि झापाको बीएण्डसी अस्पतालमा लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको झापा प्रहरी कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]