२१औं महिला स्वयंसेविका दिवस रंगेलीमा भव्यताका साथ मनाइयो

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

विराटनगर/ मोरङको रंगेली नगरपालिकामा २१औं महिला स्वयंसेविका दिवस विशेष समारोहका साथ मनाइएको छ। स्थानीय स्तरमा उल्लेखनीय योगदान पुर्‍याउने महिला स्वयंसेविकाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा नगरपालिकाले उनीहरूको मेहनत र समर्पणको कदर गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख भुमा पराजुलीले महिला स्वयंसेविकाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिन्। आफ्नो सम्बोधनमा पराजुलीले सीमित स्रोतसाधनका बाबजुद महिला स्वयंसेविकाहरूले स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन्।

स्वास्थ्य क्षेत्रको सुधारमा योगदान

रंगेली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख भुपेन्द्र मण्डलले महिला स्वयंसेविकाहरूको योगदानले स्वास्थ्य सेवाको पहुँचलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा सहभागीहरूले महिला स्वयंसेविकाहरूको मेहनत, लगनशीलता र समर्पणको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरे।

महिला स्वयंसेविकाहरूले स्थानीय समुदायमा स्वास्थ्य सचेतना फैलाउने, बाल स्वास्थ्य जाँच, खोप कार्यक्रम र अन्य स्वास्थ्य सेवामा विशेष योगदान पुर्‍याउँदै आएका छन्। यो सम्मानले उनीहरूको उत्साहलाई थप बढाउने अपेक्षा गरिएकाे छ।

कार्यक्रममा नगरपालिकाका विभिन्न पदाधिकारीहरू, स्वयंसेविका, तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]