पुष्पलाल स्मारक समिति विराटनगरले ४६ औं पुष्पलाल स्मृति दिवस

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित सोमबार, साउन ०७, २०८१

विराटनगर / पुष्पलाल स्मारक समिति विराटनगरले ४६ औं पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । समितिले विचार गोष्ठी तथा सम्मान अपर्ण लगायत कार्यक्रम गरि स्मृति दिवस मनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका राजनीतिक विचारहरूको गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की , कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी , आर्थिक तथा योजना मामिला मन्त्री रामबहादुर राना मगर , एमाले नेता जीवन घिमिरे , बाबुराम कार्की , पर्शुराम बस्नेत , रविन थापा , अरूण राठी लगायतले सहभागिता जनाउनु भएको थियो ।

त्यस्तै , कार्यक्रममा शताब्दी पुरूष नरबहादुर लिम्बूलाई कोशी प्रदेशका मुख्यमन्त्री कार्की , वरिष्ठ कम्युनिष्ट नेता कमल कोइराला लगायतले सम्मान गर्नु भएको समितिका अध्यक्ष केशव गौतमले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]