दमकमा कालो झण्डा देखाउने पहिचानवादी नेता-कार्यकर्तालाई प्रहरीले रिहा गर्यो

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर/ झापाको दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पहिचानवादी समूहका ११ जना नेता र कार्यकर्तालाई प्रहरीले आइतबार साँझ रिहा गरेको छ।

प्रदर्शनका क्रममा पक्राउ परेका केदार धिमाल, मातृका धिमाल, विक्रम वनेम फागो, एल.बी. पालुङ्वा, सोम चेम्जोङ (फोराहाङ), गगा राई शेर्मा लगायतलाई इलाका प्रहरी कार्यालय दमकले दिनभर नियन्त्रणमा लिएर साँझ रिहा गरेको हो।

रिहाइपछि पहिचानवादी नेता-कार्यकर्ताको समूहले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै कोण सभा आयोजना गरेको थियो। कोण सभामा उनीहरूले कोशी प्रदेशको नामाङ्कन अस्वीकार्य रहेको भन्दै पुनः नामाङ्कनको मागसहित आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन्।

कोण सभालाई सम्बोधन गर्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले कोशी प्रदेश खारेज नगरेसम्म संघर्ष जारी रहने चेतावनी दिए। उनले पहिचानको रक्षा गर्न सङ्घर्षलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

यस घटनाले प्रदेश नामाङ्कनप्रति असन्तुष्ट जनतालाई थप आन्दोलनमा उक्साउन सक्ने देखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]