

विराटनगर/ इलामको देउमाई नगरपालिका–९ जितपुर सुङ्गुरेडाँडामा आफैले काटेको रुखको हाँगाले लाग्दा एकजनाको मृत्यु भएको छ। अन्दाजी ४९ वर्षीय तुलसी जबेगूको रुख काट्ने क्रममा घाइते भई उपचारका क्रममा ज्यान गएको हो।
हिजो बिहान करिब ११:३० बजे जबेगूले रुख काटिरहेका बेला अचानक माथिबाट खसेको हाँगाले उनको ढाडमा लागेको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो ४:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।