मेरील्यान्ड कलेज विराटनगरकी छात्रा निशा राजवंशी नेपाल प्रथम

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर /  त्रिभुवन विश्वविद्यालयद्वारा २०८० सालमा आयोजित बीबीएस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज विराटनगरकी छात्रा निशा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रथम स्थान हासिल गरेकी छिन्। कलेजका अनुसार, उनले ८६.२ प्रतिशत अंक ल्याएर त्रिविको इतिहासमै सर्वाधिक अंक प्राप्त गर्ने कीर्तिमान स्थापित गरेकी छन्।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार, यो उपलब्धि कलेज र विद्यार्थीहरूको लागि ऐतिहासिक छ। उनले भने, “यो परिणाम हाम्रो शैक्षिक गुणस्तरको प्रमाण हो। यसअघि पनि २०७६ सालमा किंजल पोख्रेलले त्रिवि टपर हुँदै गोल्ड मेडल प्राप्त गरेका थिए।”

निशा राजवंशीको यस कीर्तिमानसँगै, कलेजकी अर्की छात्रा एलिशा पोख्रेलले ८३.४ प्रतिशत अंक ल्याउँदै उत्कृष्ट नतिजा हासिल गरेकी छन्। यस वर्ष मेरील्यान्ड कलेजबाट बीबीएस चौथो वर्षको परीक्षामा ९७ जना विद्यार्थी सहभागी भए, जसमध्ये ८१ प्रतिशत विद्यार्थी सफल भएका छन्।

उत्तीर्ण विवरण:

डिस्टिङ्सन: १२ जना

प्रथम श्रेणी: ३२ जना

दोस्रो श्रेणी: १७ जना

प्रिन्सिपल ढकालले यो नतिजाले कलेजको शैक्षिक प्रतिष्ठा अझै माथि उकासेको बताए।

त्रिभुवन विश्वविद्यालयको बीबीएस परीक्षामा निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै आएको मेरील्यान्ड कलेज विराटनगरले शैक्षिक क्षेत्रमा नयाँ उचाइ कायम गर्दै आएको छ। निशा राजवंशीको यो सफलता कलेजका लागि मात्र नभई नेपाली शैक्षिक इतिहासका लागि पनि प्रेरणादायी रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]