‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ भन्ने नाराका साथ मानव अधिकार दिवस मनाइँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर २५, २०८१

विराटनगर/ हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० मा मनाइने यस दिवसले १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूनिभर्सल डिक्लरेशन अफ ह्युमन राइट्स) जारी भएको दिनलाई स्मरण गर्दछ।

नेपालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मानव अधिकारको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई २०७५ सालदेखि वार्षिक रूपमा मानअधिकार पुरस्कार प्रदान गर्दै आएको छ। तर, यस वर्ष भने पुरस्कार प्रदान नगर्ने निर्णय गरिएको छ। मन्त्रालयका अनुसार ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ अनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार वितरण रोकिएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कोमलबहादुर खत्रीले पुरस्कार वितरणलाई थप व्यवस्थित र नियमित गर्न आवश्यक अध्ययन सुरु गरिएको जानकारी दिए। पुरस्कारको रकम वृद्धि गर्नसमेत अध्ययन भइरहेको र तयारी पूरा भएपछि पुनः वितरण प्रक्रिया थालिने मन्त्रालयले स्पष्ट पारेको छ।

मानव अधिकार दिवसका अवसरमा विभिन्न संघसंस्था र सरोकारवालाहरूले मानव अधिकारको संरक्षण, प्रवर्द्धन, र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। मानव अधिकार दिवसले सबैलाई समानता, स्वतन्त्रता, र न्यायको महत्त्वलाई पुनः स्मरण गराउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]