झापा गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर २६, २०८१

विराटनगर/ झापा गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी अपाङ्गता परिचयपत्र वितरण गर्न थालिएको छ। बुधबार वडा नं २ मा पहिलो शिविर सञ्चालन गरी यो प्रक्रिया सुरु गरिएको हो।

अपाङ्गता भएका व्यक्तिहरुका लागि झापा गाउँपालिकाले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मंसिर २५ देखि पुस ३ गतेसम्म सञ्चालन हुने शिविरमा प्रत्येक वडामा स्वास्थ्य परीक्षण, आँखा जाँच, र निःशुल्क औषधी वितरण गरिनेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाका अनुसार अपाङ्गता भएका कोही पनि व्यक्ति छुट्न नपरोस् भनेर शिविरलाई व्यवस्थित बनाइएको छ। शिविरमा सहभागी हुन छुटेका व्यक्तिहरुलाई खवर गरेर ल्याउने व्यवस्था समेत गरिएको छ।

कार्यक्रम झापा गाउँपालिका, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा सञ्चालन भइरहेको छ। यसमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ।

कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेकाले यो कार्यलाई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको हितका लागि प्रभावकारी बनाउन हरसम्भव प्रयास गरिने बताइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]