काठमाडौंकाे त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाजमा दुर्घटना

Logo
ग्रामीण पत्रिका / काठमाडौं प्रकाशित बुधबार, साउन ०९, २०८१

काठमाडौं / काठमाडौंकाे त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाजमा दुर्घटना भएको छ । जहाज अवतरणका क्रममा ठूलो आवाज भएको थियो । त्रिभुवन विमानस्थलकाे प्रहरीका अनुसार धावन मार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

साे साैर्य एयरलाइन्सकाे जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाज भित्र रहेका यात्रुहरू जोखिम देखिएका छन् । जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । उक्त जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।

जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए । अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]