दुर्गा प्रसाईंलाई फेरि पक्राउ, आपराधिक लाभ सम्बन्धी अनुसन्धानमा प्रहरीको सक्रियता

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किएलगत्तै उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रसाईंलाई पुनः नियन्त्रणमा लिइएको हो। यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको आरोपमा उनलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएका थिए। तर धरौटी बुझ्नासाथ उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपाली व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईंको संलग्नता रहेको आशंका छ। प्रसाईं निकट हरिचन्द्र फुयलले धम्की दिन ५ लाख रुपैयाँ लिएको स्वीकार गरेका छन्।

फुयल हाल सीआईबीको हिरासतमा रहेका छन्। धम्की र आपराधिक लाभसँग जोडिएको सो मुद्दामा प्रहरीले दुर्गा प्रसाईंसँग विस्तृत बयान लिइरहेको जानकारी दिएको छ।

यस घटनाले नेपाली व्यवसाय क्षेत्रभित्र आपराधिक गतिविधि र प्रभावकारी अनुसन्धानको आवश्यकता सम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]