जानकी मण्डलको मृत्यु दिलिपकै कारण भएको हो

Logo
महमद अफरोज हवारी / विराटनगर प्रकाशित बुधबार, साउन ०९, २०८१

विराटनगर / माेरङ विराटनगर ४ इक्राहीका दिलिप मण्डल र सुनसरी छिटाहाकी जानकीदेवी मण्डलसँग २०६३ सालमा समाजिक परम्परा अनुसार विवाह भएको हो । विवाह गरेको दुई वर्षमा जेठो छोरा रुपेश मण्डलको जन्म भयो । अहिले उनी १६ वर्षका भए र उनका भाई ८ वर्षका छन् । जानकी मण्डलको मृत्यु दिलिपकै कारण भएको हो भने उनका परिवारले पत्रकार सम्मेलन गरि बताएका छन ।

जेठ २८ गतेका दिन जिल्ला अदालत मा तारीख बिझने क्रममा अदालतमै झैझगडा , कुटपिट समेत गरेका थिए । त्यहीँ राती दिपिलले आफ्‌नी प्रेमिका र प्रेमिकाको आमासँग मिलेर जानकीलाई मारेको आफन्तहरुले दाबी गरेका छन । उनका छोरा रुपेश पनि बुबाले आमालाई बाख्रालाई किला ठोक्ने मुझ्याले हानेर हात भाँचिदिएको र मार्ने प्रयास गरेको बताउँछन् । गत जेठ २९ गते जानकी घरकै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तर, उनी झुण्डिएको भन्दा ‘झुण्ड् याइएको जानकीका छोरा रुपेश र जानकीका माइती पक्षको दाबी छ ।

उनीहरुको प्रत्येक दिन कुटपिट , झैझगडा हुन्थ्यो । मोरङ जिल्ला प्रहरी कार्यालयमा धेरैपटक छलफल पनि गरियो , मिलापत्र भएर छोडिन्थ्यो । पछि दिलिप मण्डल आफैले उनकी श्रीमती जानकीसँग डिभोर्सको मुद्दा हालेका थिए। गत जेठको २८ गते मुद्दाको अन्तिम निर्णय आउने आशा थियो। जानकी पनि अदालत गइन् । अदालतमा उनले ‘म छुट्टिएर बस्छु भनिन् । अदालतले त्यस दिनको सुनुवाइ रोकेर दुई महिनापछिका लागि पेशी तोकिदियो । तर, त्यसदिन जब जानकी इक्राही घर पुगिन् । उनीमाथि मारपिट सुरु भयो ।

म ५ बजेतिर स्कुलबाट घर आएँ। घर आउँदा ममीलाई रोडबाट घिच्याएर घरभित्र लगेर बुबाले कुटपिट गर्दैहुनुहुन्थ्यो । त्यसबेला हामी तीन जना मात्रै थियौं। ममीलाई डोरी ल्याएर झुण्डिहाल, मरिहाल भन्नुहुन्थ्यो । बुबाले नै डोरी दिएर झुण्डिन लगाउनु हुन्थ्यो,’ १६ वर्षीय छोरा रुपेश मण्डल भन्छन्, ‘त्यस दिन बुबा बाहिरबाटै खाना खाएर आउनु भएको थियो । घरको चुल्हो र भाँडावर्तन पनि फालिदिनु भयो । ममीलाई कुटपिट सुरु गर्नुभयो । राति ओछ्यानमै हुँदा पनि ममीलाई घाँटीमा डोरी लगाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो, ‘तँ मरिहाल’ ।’

त्यसबेला आफ्‌नो बुबाले ममीको हात भाँचिदिएको उनी सुनाउँछन् । ‘बुबाले ममीको हात पनि भाँचिदिनु भएको हो। बाख्रा ठोक्ने मुङ्ग्रोले हातमा हान्दा ममीको हात नै भाँचियो । पोष्टमार्टम रिपोर्टमा पनि छ,’ रुपेशले भने, ‘राति म ममीसँगै सुतेको हो। कुटपिटको कारण ममी बेहोस जस्तो हुनुहुन्थ्यो । राति ढेड बजेतिर ममी होसमा आउनु भयो । अनि बाहिर निस्किनु भएको थियो । त्यही बेला उनीहरु (दिलिपको प्रेमिका र प्रेमीकाको आमा) राति नै बारीमा आएका थिए । राति पनि ममीसँग उनीहरूले झगडा गरे ।’ जब उज्यालो भयो जानकीले रुपेशलाई बाख्रा निकाल्न अह्नाइन् । ‘ममीले मलाई बाख्रा निकाल्न भनेपछि म अर्को कोठामा गएर सुतें । केही समयपछि म कोठा आउँदा ममीलाई झुण्डिरहेको देखें,’पत्रकार सम्मेलनमा रुपेशले बताए ।

जानकीका बुबा सुकदेव मण्डल त अरू केटीसँग लागेर आफ्‌नी छोरीको ज्यान लिएको दाबी गर्छन् । ‘पहिले पनि मैले तँलाई मार्छ नजा भनेको थिएँ। त्यसबेला सबै सम्पत्ति त सकिसक्यो अब मारेपनि मारोस् भनेर घर गई। मैले भेट्न पनि पाइन । झुण्ड्याएरै मारिदियो,’ बुबा सुकदेवले भने, ‘अर्को केटीसँग लागेको थियो । अहिले पनि त्यही केटीसँग मोरङको गछियामा बसेको छ। अहिलेको केटी हुनुभन्दा पहिले धरानको केटीसँग लागेको थियो ।’

मृत्यु भएकै रात जानकीले आफन्तलाई फोन गरेर भनेको सम्झदै बुबा सुकदेवले भने, ‘आज मलाई मार्छ होला। धेरै कुटपिट गयो भनेर भनेकी थिइन् रे ।’ झुण्डिएको शवमा सलले टाउको पुरै छोपिएको मण्डल बताउँछन् । ‘झुण्डिने मान्छेले सल ओडेर झुण्डिन्छ ? छोरा रुपेशलाइ पनि धाक धम्की दिइरहेको छ । हामीलाई न्याय चाहियो। जे गरेर हुन्छ। पुलिसले नै घुस खाएर मुद्दा नचल्ने बनायो । मेरो छोरी मारेको छ। मुद्दा नचल्ने निर्णय गर्न मिल्छ ? ।’

जानकीका दाजु रामेश्वर मण्डलले पनि न्याय पाउनु पर्ने बताए । प्रहरीले पनि त्यसबेला ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्न मानेन पत्रकार महासङमा पत्रकार सम्मेलन गरि बताएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]