स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने तालिमको उद्घाटन

Logo
चन्दन रौनियार / इटहरी प्रकाशित बिहिबार, साउन १०, २०८१

इटहरी / लायन्स क्लब अफ मनकामना र लियो क्लब अफ मनकामना इटहरीको संयुक्त आयोजनामा भएको तालिमलाई इटहरी वडा न.४ कार्यालय हलेसी महादेव मिडिया प्रा.ली ईटहरीको सम्योजनमा सुनसरीको ईटहरी उपमहानगरपालिका वडा न.४का मा महिलाहरुको लागि कृष्टल माला पोते तालिम मार्फत स्वरोजगार र अार्थिक अात्मनिर्भर बनाउने ५ दिने तालिमको उद्घाटन गरेको छ, साउन १० गते देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रेनुका गुरागाई रहेका छन् । ५० जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक गुरागाईले जानकारी दिइन् ।

इटहरी वडा न.४का ५० जना महिलाहरुको समुहलाई उक्त तालिम प्रदान गर्दै लक्षित बर्गका महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको लायन्स क्लब अफ इटहरी मनकामना इटहरीकी अध्यक्ष भारती श्रेष्ठले बताइन ।
तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ सी रिजन ९ का रिजन चेयर पर्सन पिताम्वर पोखरेलले सहभागी हरुलाई शुभकामना दिंदै बेरोजगार महिलाहरुलाई रोजगार दिनका लायन्स क्लब अफ इटहरी र लियो क्लब अफ इटहरी मनकामनाको सहयोगमा संचालन भएको कार्यक्रममा तालिम बाट अार्थिक रुपमा अात्मनिर्भर बन्न र समाज रुपान्तरण गर्न महिलाहरुको समुदायमा अहम भुमिका रहने हुदाँ महिला लक्षित सिप मुलक तालिम साथै ब्यावसाय संचालन गर्ने उदेश्यले तालिम संचालन गरेकोमा क्लबलाई धन्यवाद समेत दिएका थिए । ब्यावसाय संचालन गर्ने भए अागामी दिनहरुमा सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरेका थिए ।

अतिथि लायन्स कमला कार्की थापा ,लायन्स सुमि थापा,रेनुका गुरागाई ,भिम प्रसाद पाण्डे, लियो क्लब अफ इटहरी मनकामनाकि अध्यक्ष प्रतिभा अधिकारी , लियो जिल्ला प्ररिषद ३२५ सि जि .एस .टी कोडिनेटर चाँदनी दाहाल ,इटहरी वडा न.४ महिला सदस्य दिल बराइली स्थानीय संचारकर्मी लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाकी सचिव बिजया प्याकुरेलले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]