कोशी प्रदेशको ऐतिहासिक हिमालय टाकिज: पुनर्जागरणको प्रतीक्षा

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, पुष ०५, २०८१

विराटनगर/ विराटनगरस्थित महेन्द्र चोकमा अवस्थित हिमालय टाकिज प्रा.लि., ५० वर्षभन्दा पुरानो र ८०० सिट क्षमताको ऐतिहासिक चलचित्र हल हो। ४३/२३ फिटको विशाल पर्दा र ठूलो दर्शक क्षमताका कारण कुनै समय यो हल चलचित्रप्रेमीहरूको मुख्य आकर्षण बन्यो।

हिमालय टाकिजको स्थापना मेगराज सेटियाले गरेका थिए, र हाल यसको सञ्चालन दिपेन्द्र भण्डारीले गर्दै आएका छन्। कुनै समय टिकट नपाएर दर्शकहरू फर्कनुपर्ने अवस्थाबाट गुज्रिएको यो हल अहिले जिर्ण अवस्थामा पुगेको छ। विराटनगरमा आधुनिक मल्टिप्लेक्स हलहरूको उदयले यसको दर्शक संख्या घटाएको छ।

हाल हल व्यवस्थापक मनोज मण्डलले यस हललाई पुनर्जीवित गर्न नयाँ प्रयास गरिरहेका छन्। फुल एचडी प्रोजेक्टर र डल्बी साउण्ड सिस्टम जडानले फिल्मको गुणस्तरमा सुधार ल्याएको छ। उनले हलको सिटहरू परिवर्तन गर्ने, रंगरोगन गर्ने र आकर्षक सजावट गर्ने योजना समेत अघि सारेका छन्।

हालै दशैंपछिको समयले हललाई केही उचाइ दिएको छ। फिल्म “पुष्पा २” ले हाउसफुल शोहरू दिंदै दर्शकहरूको ध्यान तानेको छ। पुरानो सिंगल थिएटर भएकाले यसको पूर्ण पुनर्निर्माण जरुरी देखिन्छ। व्यवस्थापक मण्डलका अनुसार आगामी चार महिनाभित्र हललाई व्यवस्थित रूपमा पुनः सञ्चालनमा ल्याइने छ।

अन्य हलहरूको तुलनामा यहाँको टिकट दर निकै कम छ। माथिल्लो सिटको टिकट मूल्य रु. १५० र तल्लो सिटको रु. १०० रहेको छ, जसले दर्शकलाई अझै पनि आकर्षित गरिरहेको छ।

यो हल कोशी प्रदेशको यस ऐतिहासिक हलको रुपमा रहेको यस हिमालय टाकिज पुर्ण जागरणको प्रतिक्षामा रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]