कोशी प्रदेशको नामकरणमा विविधता समेटिएको दाबी, ‘वंश गद्दार’ आरोप अस्वीकार

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष ०५, २०८१

मोरङ ।नेपाली काङ्ग्रेस मोरङका नेता तथा कोशि प्रदेश सभा सदस्य मानबहादुर लिम्बुले पहिचानवादीहरुले आफुलाई ‘वंश गद्दार’ को आरोप लगाएको भन्दै गुनासो गरेका छन् ।

नेपाली काङ्ग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत शुक्रवार मोरङको पथरीमा आयोजित नगरस्तरीय कार्यक्रममा सम्बोधन गर्दै प्रदेशसभा सदस्य लिम्बुले पहिचानवादीहरुले आफुलाई ‘वंश गद्दार’ भन्दै अघोषित रूपमा बहिष्कार गरेको गुनासो समेत गरे ।

कोशी प्रदेश नामाङ्कनको क्रममा आफुहरुलाई असहयोग गरेको भन्दै पहिचानवादीहरुले खस आर्य समुदायका सांसदहरूहरुलाई गद्दार र आदिवासी जनजाती सांसदहरूलाई वंश गद्दार घोषणा गरेको लिम्बुको भनाई थियो । नेपाली राष्ट्रिय गानको प्रसंग निकाल्दै लिम्बुले नेपाल बहु जाती , भाषा , धर्म र संस्कृति रहेको मुलुक हुनाले सबैलाई समेट्ने गरि कोशी प्रदेशको नामकरण गरिएको बताए । उनले आफुहरु वंश गद्दार नरहेको समेत प्रष्ट पारेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]