

विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित शान्तिचोक राम जानकी मन्दिर पछाडि उत्तरतर्फको सडक निर्माणका लागि प्रयोग भइरहेको अलकत्रा बोक्ने गाडीमा आज साँझ आगलागी भएको छ।
साँझ करिब ५ बजे को १ ख ३१२५ नम्बरको अलकत्रा ट्यांकरमा अचानक आगलागी भएको हो। सो स्थानमा एसोकी निर्माण सेवा कम्पनीले सडक कालोपत्रे गर्ने काम गरिरहेको थियो।
आगलागीका कारण गाडीको पछाडिको टायर क्षतिग्रस्त भएको छ। साथै, प्र १ ०४४–२६२६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।
नेपाल प्रहरी, नगर प्रहरी, र दमकलको सक्रियतामा आगो करिब ५:३० बजे नियन्त्रणमा लिइएको थियो। घटनाका कारण सो क्षेत्रमा केही समय घना धुवाँ देखिएको थियो।
आगलागीको विस्तृत कारण र थप क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।