विराटनगरमा सडक निर्माणका क्रममा अलकत्रा ट्यांकरमा आगलागी

Logo
सरिता कर्मकार प्रकाशित शुक्रबार, पुष ०५, २०८१

विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित शान्तिचोक राम जानकी मन्दिर पछाडि उत्तरतर्फको सडक निर्माणका लागि प्रयोग भइरहेको अलकत्रा बोक्ने गाडीमा आज साँझ आगलागी भएको छ।

साँझ करिब ५ बजे को १ ख ३१२५ नम्बरको अलकत्रा ट्यांकरमा अचानक आगलागी भएको हो। सो स्थानमा एसोकी निर्माण सेवा कम्पनीले सडक कालोपत्रे गर्ने काम गरिरहेको थियो।

आगलागीका कारण गाडीको पछाडिको टायर क्षतिग्रस्त भएको छ। साथै, प्र १ ०४४–२६२६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

नेपाल प्रहरी, नगर प्रहरी, र दमकलको सक्रियतामा आगो करिब ५:३० बजे नियन्त्रणमा लिइएको थियो। घटनाका कारण सो क्षेत्रमा केही समय घना धुवाँ देखिएको थियो।

आगलागीको विस्तृत कारण र थप क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]