हल्दिबारीमा बुवा मृत फेला, छोरा सुनिललाई लियो प्रहरीले नियन्त्रणमा 

Logo
जनक राजवंशी / झापा प्रकाशित बिहिबार, साउन १०, २०८१

हल्दिबारी / हल्दिबारी गाउँपालिका वडा नम्बर २ पाराखोपी बजार पुर्वबाट आफ्नै बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ ।

 

स्थानीय बर्ष ६३ का बासु राजवंशी आफ्नै घरकाे उत्तरपट्टी रहेकाे लिच्चिकाे बाेटमा संकास्पद रूपमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि  उनका छोरा सुनिल राजवंशीलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपनिरीक्षक  (डिएसपी) कृष्ण कुमार चन्द सहितको अनुसन्धान टोलीले ४ घण्टा लगाएर गरेको अनुसन्धान पश्चात् मृतक राजवंशीको छोरा सुनिल राजवंशीलाई नियन्त्रणमा लिएको  हो ।

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीकाे टाउकाे, अनुहार सहित शरिरिका विभिन्न भागमा चाेट लागेकाे र अनुहार भरी रगत देखिएको  वडा अध्यक्ष शुकलाल राजवंशीले बताए  ।

स्थानीय र घरपरिवार संगको लामो अनुसन्धान पछि सुनिललाई  नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई आवस्यक अनुसन्धान  पश्चात् पोसमार्टमको लागी मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतक बासु र उनका छोरा बिच राती झगडा भएको र छोराको लुगामा समेत रगत  भेटिएपछि उनलाई  नियन्त्रण लिएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]