सुनसरीबाट चाईनिज पेस्तोलसहित एकजना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०९, २०८१

विराटनगर/ सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–२, अकाहा बजारमा चाइनिज पेस्तोलसहित एकजना व्यक्ति पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा पुस ८ गते राति ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको टोलीले शमसेर आलमलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खुर्सित आलमको घर खानतलासी गर्दा भान्साकोठाभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको अवैध चाइनिज पेस्तोल, म्यागजिन एक थान र दुई राउण्ड गोली फेला पारेको जनाएको छ। पक्राउ परेका ३८ वर्षीय शमसेर आलमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर कानुनी प्रक्रिया अघि बढाइएको छ।

घटनाका मुख्य अभियुक्त खुर्सित आलम भने फरार छन्। प्रहरीले उनीविरुद्ध खोजी कार्य तीव्र बनाएको जानकारी दिएको छ। अवैध हतियारसहितको घटनामा थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]