सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष १०, २०८१

विराटनगर/ साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत तथा क्रिसमस कार्यक्रम आयोजना गरिएको स्वागत गरिएको क्याम्पस प्रमुख विनय विष्णु केसीले जानकारी दिनुभयो । सो कार्यक्रममा विध्यार्थीहरुले आफनो विभिन्न कलाहरुलाई प्रस्तुत गरेका थिए । बीएचएम र बीबीएका विध्यार्थीहरुले आफनो भाषा कला र सस्कृति झल्कने पोषाकमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरेका थिए । पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

स्वागत कार्यक्रममा बोल्दै कलेज प्रमुख विनय विष्णु केसीले विध्यार्थीमा रहेको प्रतिभालाई सास्कृतिक प्रस्तुती मार्फत प्रस्तुत गरिएको जानकारी दिनुभयो ।कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपालसहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ । कार्यक्रममा सास्थम कलेजका वि एच एम डाइरेक्टर सैलेन्द्र गणेश, क्याम्पस प्रमुख लगायत अन्य शाखा प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]