दुर्घटनामा परेका प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शुक्रबार, साउन ११, २०८१

बिराटनगर / साउन २ गते बिराटनगर स्थित भट्टी मोडको प्रहरी बोकेको गाडी दुर्घटना हुँदा गम्भीर घाईते भएका प्रहरी जवान सौगात थापाको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटना भए पस्चात उनलाई विराटनगरमा रहेको नोबेल अस्पतालमा भर्ना गरिएको थियो।

थापाको अवस्था निकै गम्भीर भएकाले उनलाई काठमाडौंमा रहेको प्रहरी अस्पतालमा रिफर गरिएको थियो तर त्याहाँ पनि उपचार सम्भव हुन नसकेर उनलाई काठमाडौं को न्युरो अस्पतालमा रिफर गरिएको थियो। थापाको उपचारको क्रममा हिजो मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

थापा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका -१७ का निवासी थिए। उनी कोशी प्रदेश तालिम केन्द्रमा‌ कार्यरत थिए।
अन्य घाईते भएका प्रहरीहरुको‌ उपचार पस्चात डिस्चार्ज भईसकेको छ भने केही को उपचार भइरहेको छ।

साउन २ गतेका दिन तालिम केन्द्र बाट ५४ जना प्रहरी टोलीहरु बा १ ग २५५९ नम्बरलो गाडीमा रानी नाका तर्फ लागेको अवस्थामा दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]