सुनवर्षी-४ मा आगलागी: रामचन्द्र शाहको घर पूर्णरूपमा नष्ट, करिब १० लाखको क्षति

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष १५, २०८१

विराटनगर /मोरङ जिल्लाको सुनवर्षी नगरपालिका-४, सुरतमा मिति २०८१ पुस १४ गते दिउँसो करिब १:३० बजे रामचन्द्र शाहको घरमा अचानक आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घरमुली रामचन्द्र शाहका अनुसार आगलागीका कारण घरमा रहेको ३ लाख नगद, सुनचाँदीका गरगहना, सम्पूर्ण खाद्यान्न, लत्ताकपडा, र अन्य सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीको समयमा घरमा कोही नभएकाले मानवीय क्षति भने हुन पाएन।

स्थानीयवासीका अनुसार आगलागीले घरको सम्पूर्ण संरचना खरानी बनाएको छ। घटनाको कारण अझै खुल्न सकेको छैन भने यस विषयमा प्रहरीद्वारा थप अनुसन्धान जारी रहेको छ।

यो घटनाबाट पिडित परिवारलाई ठूलो आर्थिक नोक्सानी भएको हुँदा स्थानीय प्रशासन र समुदायबाट सहयोगको अपेक्षा गरिएको छ। साथै, पिडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाका लागि पहल गरिनुपर्ने माग उठेको छ।

घटनाको कारण र विस्तृत जानकारीका लागि थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]