बिर्तामोड – चन्द्रगढी सडकखण्डमा आज राति मोटरसाइकल दुर्घटना हुँदा चालक गंभीर घाइते

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

बिर्तामोड / बिर्तामोड – चन्द्रगढी सडकखण्डमा आज राति मोटरसाइकल दुर्घटना हुँदा चालक गंभीर घाइते भएका छन् ।

राति ८.४५ बजे बिर्तामोड– ९ को धौलापुलस्थित बिर्तामोड– चन्द्रगढी सडकखण्डमा बिर्तामोडबाट पाराखोपीतर्फ जाँदै गरेको मे ५ प ४४७९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक हल्दीबारी– २ पाराखोपी बस्ने ३८ वर्षीय धिरेन राजवंशी घाइते भएका हुन् ।

उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । घाइतेको टाउको र अनुहारमा चोट लागेको छ । चालकले मादक पदार्थ सेवन गरेको र लाइसेन्स तत्काल नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]