

दुहबी / सुनसरीको दुहबीमा रौनियार महिला मंच दुहबी सुनसरीले अायोजना गरेको नयाँ सदस्य दर्ता कार्यक्रम तथा साउन महिनाको बिशेश साँगितीक कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा प्रमुख अतिथि दुहबी नगरपालिका कार्यपालिका सदस्य तथा बियुटिसियन मिना श्रेष्ठले शुभकामना मन्तव्य राख्दै साउन अर्थात् विभिन्न रंग समायोेजनको महिना ।
साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।
नेपाली महिलाले साउनको हरेक सोमबार भगवान शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।
साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहन्दी लगाउने चलन रहेको श्रेष्ठले बताईन ।उनका अनुुसार
“हरियो रंगलाई धर्मशास्त्रले सौभाग्यको रंग भनेर वर्णन गरेको छ ।भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व हुन्छ” “साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण हरियो रंग लगाइन्छ ।”रौनियार महिला मंचकि अध्यक्ष बन्नदना रौनियार अनुसार वर्षा र झरीको सँगम साउन महिना । भगवान् शिबको अति पि्रय महिना पनि हो यो । साउनको प्रत्येक सोमबार महिलाहरुले निराहार ब्रत बसी शिबको उपासना गर्ने गर्छन् । यहि साउन महिनामै बिबाहको पहिलो बर्षमा पानी छल्ने भनेर महिलाहरु माइत जाने चलन छ । तर पछिल्लो केहि बर्ष यता यो महिना हरियो चुरा हातमा मेहन्दी र हरियै सारीमा सजिने महिनाका रुपमा समेत चिनिन थालेको बताएईन ।
तेसे गरि अतिथि रौनियार युवा मंचका कोषाध्यक्ष कुनाल (मुना) रौनियारले दुहबीमा घुम्टो अोढेर बसने महिला दिदिबहिनीहरु अहिले समाज परिवर्तन गरन महिलाहरु पुरुष सरह अगाडि बढन सक्छ उहाँ अहिले तिज ,होली मिलन जस्तो क्रियाकलाप गरेर धेरे राम्रो काम गरेको रौनियारले महिला मंच टिमलाई शुभकामना सहित अगाडि बढन अाफुले हरपल सहयोग गरने बताए ।
स्वागतमन्तव संस्थाकी उपाध्यक्ष पिकि रौनियारले गरिन भने कार्यक्रम संचालन मंचकी सचिव पिकी गुप्ताले गरेको थिईन उहाको अनुसार
मुजिकल चेरमा प्रथम हुने सहभागी खुशबु रौनियार ,दोस्रो गिता रौनियार र तेस्रो हुने पुजा रौनियार लाई पुरस्कार समेत बितरण गरेको थियोे ।कार्यक्रमको बेबस्थापन रौनियार महिला मंचकी कोषाध्यक्ष सुनिता रौनियारले गरेकिथिन ।तेसे गरि अतिथिहरुमा शिव देवी रौनियार ,कंचन रौनियार ,अनिता रौनियार ,सरिता रौनियार पत्रकार चन्दन रौनियार र रौनियार महिला मंचका पदअधिकारी बाक्लो उपस्थिति रहेको थियोे ।