एकजना सईले झुन्डिएर आत्महत्या

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित बुधबार, फाल्गुण १४, २०८१

कार्कभिट्टा / झापा जिल्ला प्रहरी कार्यालय झापा एकजना सईले झुन्डिएर आत्महत्या गरेको १० दिन नबित्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा अर्का प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् ।

आज दिउँसो सवा २ बजेतिर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले व्यारेक भवनमा प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् । ओखलढुंगा सुनकोशी गाउँपालिका १० निवासी विकले व्यारेक भवनको ढोका लगाई पंखामा तन्नाको पासो लागेर आत्महत्या गरेका हुन् ।

उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । घटनाबारे आफन्तलाई जानकारी गराइसकिएको र मृतकको शव पोस्टमार्टमको लागि लैजान आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यसअघि फागुन ४ गते प्रहरी नायव निरीक्षक धनराज खतिवडाले जिल्ला प्रहरी कार्यालयको व्यारेकको छतमाथि झुन्डिएर आत्महत्या गरेका थिए।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]