खार्पामा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, चैत्र ११, २०८१

खोटाङ, चैत ११ – कोशी प्रदेश अन्तर्गत खोटाङ जिल्लाको रावाबेंसी गाउँपालिका–२, खार्पा मा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। २ करोड ९५ लाख ३२ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो भवनको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारी ले आइतबार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट का अनुसार खार्पा गाविसको पुरानो भवनमा वि.सं. २०६९ सालमा प्रहरी चौकी स्थापना गरिएको थियो। हाल नवनिर्मित साढे दुई तले भवनमा ११ कोठाहरू रहेका छन्, जसमा:
कार्यालय प्रमुख कक्ष
सञ्चार कक्ष
एटेज शौचालयसहित महिला तथा पुरुष हिरासत कक्ष
एटेज शौचालयसहित महिला तथा पुरुष ब्यारेक
कार्यालय प्रमुखको आवास
मनोरञ्जन हल
उद्घाटन कार्यक्रममा रावाबेंसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लगायत जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
नयाँ भवन निर्माणपछि प्रहरीको सेवा प्रभावकारी हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]