प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, चैत्र ११, २०८१

  1. प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

विराटनगर, चैत ११ – प्रेस चौतारी नेपालको दशौं महाधिवेशनले गणेश पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ। राजेश राईको अध्यक्ष पदमा बलियो दाबी रहे पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध अध्यक्ष बनेका हुन्।

महाधिवेशनले ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) निर्वाचित भएका छन्। महासचिवमा हिरामान लामा पुनः दोहोरिएका छन् भने उपमहासचिवमा हरिवल्लभ नेपाल चयन भएका छन्।

यी भए नवनिर्वाचित पदाधिकारीहरू

  • सचिवहरू: विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण), नरेश भण्डारी (विदेश)
  • प्रदेश इन्चार्जहरू:
    • कोशी – नुतन श्रेष्ठ
    • मधेस – अच्युत पौडेल
    • बागमती – प्रतिमा सिलवाल
    • गण्डकी – गणेश पौडेल
    • लुम्बिनी – टीकाबहादुर बस्नेत
    • कर्णाली – याम शर्मा
    • सुदूरपश्चिम – दिलबहादुर छत्याल
    • उपत्यका – हेमराज सिलवाल
    • प्रतिष्ठान – यसिमा महत
    • एसोसियट – रघुनाथ सापकोटा

महिला, दलित, मधेसी र आदिवासी प्रतिनिधित्व

महाधिवेशनले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै विभिन्न वर्ग तथा समुदायबाट केन्द्रीय सदस्य चयन गरेको छ। महिला तर्फ पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का लगायत चयन भएका छन्। त्यस्तै, दलित, मधेसी, आदिवासी जनजाति, थारु, अपांगता, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायबाट समेत प्रतिनिधित्व भएको छ।

एकता प्रक्रियाबाट आएका केन्द्रीय सदस्यहरू

एकता प्रक्रियाबाट शम्भुजित दाहाल, हरिप्रसाद जोशी, शशी कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रविन साह, रमेश सुवेदी लगायतका सदस्य चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेले प्रेस स्वतन्त्रता र पत्रकारहरूको हकहितका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]