खोटाङ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, चैत्र २३, २०८१

  • खोटाङ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष तथा वरिष्ठ उद्योगी श्री राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राउतले खोटाङको आर्थिक विकास र व्यवसाय प्रवर्द्धनमा नेपाल उद्योग वाणिज्य महासङ्घ सदैव साझेदारको रूपमा रहने स्पष्ट पारे। उनले ग्रामीण भेगमा उद्यमशीलता प्रवर्द्धन गर्न स्थानीय निकाय र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।

सभामा खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री राजन आचार्यले स्वागत मन्तव्य राख्दै जिल्लाको आर्थिक अवस्थाबारे जानकारी गराए। उनले खोटाङका उद्योगी–व्यवसायीहरूका समस्या समाधान र व्यवसायमैत्री वातावरण निर्माणमा महासङ्घको सहयोग अपेक्षित रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य श्री नरेन्द्र खड्का र श्री प्रकाश कार्की, त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री रमेश रसाइलीले शुभकामना मन्तव्य राख्दै खोटाङको व्यवसायिक सम्भावनाको प्रशंसा गरे।

दिक्तेलका प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, स्थानीय निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, व्यापारी, उद्योगपति तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमलाई थप गौरवपूर्ण बनाएको थियो।

साधारण सभामा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री गोपाल गुरागाई, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री जीवन पराजुली लगायत विभिन्न जिल्लाबाट आएका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा खोटाङ उद्योग वाणिज्य सङ्घको विगत एक वर्षको गतिविधि प्रतिवेदन प्रस्तुत गरिएको थियो भने आगामी वर्षका योजनाहरू पनि सार्वजनिक गरिएका थिए।

सभाको समापनमा अध्यक्ष आचार्यले सहभागी सबै अतिथिहरूप्रति आभार व्यक्त गर्दै खोटाङको समग्र विकासमा निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]