ग्रामथान गाउँपालिका अध्यक्ष चिन भ्रमणमा जादै

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित सोमबार, चैत्र २५, २०८१

ग्रामथान / माेरङ्गकाे ग्रामथान गाउँपालिका अध्यक्षले वडा नम्बर -३ अध्यक्षलाई ६ बुदे शर्त र निर्देशनमा कार्यवाहक अध्यक्ष दिएको हाे । कार्यवाहक अध्यक्ष वडा नम्बर -३ का वडा अध्यक्ष रमेश कुमार भगत लाई भाेलीबाट अधिकार प्रत्यायोजन दिइएको छ ।ग्रामथान गाउँपालिकाकाे अध्यक्ष, जनप्रतिनिधि तथा अधिकार प्रत्यायोजन गरी कार्यवाहक तोकिएको हाे ।

पालिका अध्यक्ष नमाेनारायण माझी २०८१/१२/२६ गते देखि बैदेशिक भ्रमणको लागि चीन जानु पर्ने भएकोले फर्कि नआउन्जेल सम्मका लागि निम्न तपसिल बमोजिका शर्तमा सामान्य रेखदेख सञ्चालन र निर्देशनको अधिकार प्रत्यायोजन दिएकाे हाे ।

तपसिल शर्त र निर्देशन अधिकार यस प्रकार छन् ।

१. जनप्रतिनिधिहरुको हालको सेवा सुविधा थपघट नगर्ने/नगराउने ।

२. कर्मचारीहरुको सेवा सुविधा तथा शर्त परिवर्तन नगर्ने/नगराउने ।

३. कार्यापालिका बैठक वोलाउन नपाउने / नवसाउने ।

४. कर्मचारी सरुवा बढुवा नगर्ने/नगराउने ।

५. सवारी साधन जनप्रतिनिधिहरुलाई उपलब्ध नगर्ने/नगराउने ।

६. दैनिक ज्यालादारीका कर्मचारी सम्बन्धमा कुनै निर्णय नगर्ने/नगराउने ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]