रा.स.पा पार्टीको वडा भेलाबाट संजिव पौडेलको सभापतिमा नौ जना सदस्यीय समिति गठन

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शनिबार, चैत्र ३०, २०८१

दुहबी / दुहबी नगरपालिका वडा नम्बर १२ स्थित बुग्डहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी  दुहबी  नगरपालिका वडा नं १२को वडा तदर्थ समिति गठन गरिएको छ । संजय कुमार पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।

सभापति संजय कुमार पौडेल ,उपसभापति चन्दन महेता,सचिव किरण बन्जरा ,सदस्यहरुमा निसा मुखिया ,फिदा मियाँ ,जलेश्वर राम, सुरेश पासमान,संजीव बजगाई,र बाटुलि बिश्वकर्मा रहेको छन। कार्यक्रमका प्रमुख अतिथि  जिल्ला सभापति अध्यक्ष जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा नगर सभापति मित्र प्रसाद निरौलाको सभाअध्यक्षमा  वडा  तदर्थ समिति गठन भएको हो ।

वडा भेलामा अधिकांश बक्ताहरुले शुभकामना मन्तव्यमा  रास्वपालाई सिध्याउन राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति सक्रिय भएर लागेको बताए । पार्टीका सभापति रवि लामिछानेप्रतिको राजनीतिक प्रतिसोध रास्वपा सिध्याउन योजनाका साथ गरिएको बक्ताहरुको  भनाई छ ।यहिले पार्टीप्रति युवाको आकर्षण पनि बढ्दो रहेको जनाइएको छ । वडा भेला कार्यक्रममा कोशी प्रदेश सदस्य  आनन्द कुमार  हलुवाई ,यादब राज कोईराला ,कमल बाबू मैनाली ,जिल्ला सचिव राजाराम कुमार मेेहता ,जिल्ला कोषाध्यक्ष देवराज अधिकारी , देविका भण्डारी ,लक्ष्मी सुवेदी ,दुहबी  नगरसभापती मित्र प्रसाद निरौला ,उपसभापति टंक प्रसाद गिरी (अर्जुन ) ,सचिव प्रेम श्रेष्ठ , स्थानीय पार्टीका सुभेक्षुकहरुको व्यापक उपस्थित रहेको थियोे ।

साथै पहिलो  बैठकले आगामी दिनहरुमा पार्टिले गर्ने गतिविधिको कार्ययोजना बनाउनुका साथै संगठनलाई चलायमान बनाउनको लागि सबै पार्टी कार्यक्रताहरु सक्रिय रुपमा परिचालन हुने निर्णय समेत गरिएको नव निर्वाचित वडा सभापति संजय कुमार पौडेलले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]