एक हप्ते पत्रकारिता तालिम सुरु

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

विराटनगर / नेपाल प्रेस ईन्स्टिच्युट अन्तर्गतको क्षेत्रीय संचार स्रोत केन्द्र विराटनगरको एक हप्ते पत्रकारिता तालिम मंगलवार देखि सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा पत्रकारिता सीप अभिवृद्धि तालिम सुरु भएको हो।

तालिमको उद्घाटन गर्दै क्षेत्रीय संचार स्रोत केन्द्रका अध्यक्ष मोहन भण्डारीले यहाँ बाट तालिम लिइसकेकाले मुख्य मन्त्रीको सल्लाहकार देखी लिएर विभिन्न पदमा रहेर काम गर्दै आएको बताउनुभयो । प्रशिक्षक तथा नेपाल पत्रकार महासघ मोरङका पुर्व अध्यक्ष बन्धु पोखरेलले प्रशिक्षार्थीलाई सीप अभिवृद्धि र आत्मबलको लागि एक हप्ते प्रशिक्षण गराउने बताउनुभयो ।

क्षेत्रीय संचार स्रोतका सदस्य प्रशिक्षक यज्ञ शर्माले प्राविधिक विकास , खुल्ला शिक्षा , संचारको तिव्रता, सामाजिक चेतनामा विस्तार , जेन जेडको रुचि अनुसार समाचार लेख्नु पर्ने बताउनुभयो ।क्षेत्रीय संचार स्रोत केन्द्रका संयोजक विरेन्द्र शर्मा तालिमको विषयमा बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]