राजवंशी परम्परागत संस्कृतिक अब विदेशमा झलकीने

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

कटहरी / युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाल महोत्सव २०२५ मा राजवंशी कला, संसकृति, परम्परागत सामग्री, खानाको प्रकार लगायत सबै प्रकारका राजवंशी नाचहरुकाे प्रदर्शन हुने भएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाल महोत्सव २०२५ हुने भएको छ । नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउने अभिप्रायले अप्रिल २० का दिन दुबईको क्रिक पार्कमा नेपाल महोत्सव आयोजना गरिएको यूएई मा बस्दै  आएका कबिराज राजवंशीले जानकारी गराएका छन ।

कार्यक्रम नेपाली राजदूतावास आबुधाबीको संरक्षकत्व तथा नेपाल एसोसिएसन एनआरएनएको संयोजकत्वमा नेपाली समाज, नेपाल बिजनेस काउन्सिल, सम्पूर्ण वैचारिक संगठनहरू, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, राजवंशी समाज विकास समिति यूएई तथा यूएईमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरूको संयुक्त आयोजनामा हुन गइरहेको हो ।उक्त यस महोत्सवले नेपाल र यूएईबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उदेश्यका साथै नेपाली समुदायबीच आपसी एकता, सहयोग र परम्परागत पहिचानको उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्ने भएको छ ।

उक्त महोत्सवमा बृहत् संख्यामा विश्वभरी छरिएर रहेका नेपाली भाषी तथा नेपाली कला संस्कृतिलाई माया गर्ने व्यक्तिहरूको सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवमा नेपालीहरूको जातीय, वर्गीय, सम्प्रदाय तथा क्षेत्रीय ( तराई, पहाड, हिमाल ) को मौलिक संस्कृतिको प्रदर्शन तथा प्रवद्र्धन गरिनेछ ।
विभिन्न विधामा दिग्गज व्यक्तित्वहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने, नेपाल तथा यूएईमा प्रख्यात कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति लगायत विभिन्न कार्यक्रमहरू रहेको छ ।

जसमा राजवंशी समाज विकास समिति यूएई पनि सहभागी हुने भएको छ । यूएईमा भएका राजवंशीहरूले “ हामार जातिर संस्कृति हामार पहिचान, विश्वभरी चिनाबार महा अभियान ” को साथ अघि बढेको छ । जसमा राजवंशीहरुले अफ्नो साँस्कृतिक नृतिय प्रदर्शनी गर्ने साथ साथै आफ्नै स्टल सजाएर त्यहाँ राजवंशीको पौराणिक कालदेखि हालसम्म प्रयोग गर्दै आएका थुप्रै सामान हरु पनि प्रदर्शनी गर्ने क्रममा, घुँगुमुगु, कर्ताल, आफ्नै घरमा बनाएको धकरा तथा विछना, ढेरा, कुल्ला, टाकरी, पेटानी, धुति, दाल घटनि, माछा मार्ने जालो, कठ्ठा, दोतारा, सिरञ्जा आदी यस्तै थुप्रै स– सामानको साथमा अन्य फेस्टिभलका मूख्य आकर्षणहरु
जस्तै
१. नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको प्रदर्शनी
२. नेपाल र यूएईका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति
३. भलिबलसहित विभिन्न राष्ट्रीय खेलकुद प्रतियोगिता
४. ५०+ व्यापारिक स्टलहरू (नेपाली हस्तकला, अर्गानिक उत्पादन, स्थानीय व्यवसाय प्रवद्र्धन)
५. नेपाली रैथाने परिकारहरूको स्वाद (मःम, सेलरोटी, गुन्द्रुक, ढिडो आदि)

बालबालिकाका लागि विशेष मनोरञ्जनात्मक कार्यक्रमहरू रहेको जानकारी राजवंशी समाज विकास समिति बाट नेपाल फेस्टिवल २०२५ का संयोजक कविराज राजवंशीले जानकारि दिनु भएको छ । नेपाल फेस्टिवल २०२५ मा यहाँहरुको सहभागिता महत्वपूर्ण हुनेछ ।

नेपाल प्रेमी सबैलाई यस भव्य उत्सवमा उपस्थित भई नेपाली कला, संस्कृति, र परम्पराको जगेर्ना गर्न आग्रह गर्दछौं ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]