सीमा सुरक्षासम्बन्धी नेपाल–भारत बैठक सम्पन्न —

Logo
भोजराज घिमिरे प्रकाशित शनिबार, बैशाख ०६, २०८२

वैशाख ६
नेपालका मोरङ र झापा तथा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाका प्रशासनिक अधिकारीहरूबीच सीमा सुरक्षाका विविध पक्षमा छलफल गर्न नेपाल–भारत सीमा संयुक्त समन्वय समिति (BDCC) को बैठक शनिबार सम्पन्न भएको छ।
उक्त बैठक भारतको ठाकुरगञ्जस्थित १९ औं बटालियन SSB, पावर हाउसमा आयोजित भएको हो। नेपाली प्रतिनिधिमण्डलमा मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालय तथा वन कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। भारतीय पक्षबाट भने किशनगञ्ज जिल्लाका प्रहरी प्रमुख, एसएसबीका उच्च अधिकारी, भन्सार कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा खुला सीमाबाट हुने चोरी, तस्करी, लागूऔषध तथा मानव ओसारपसार, अवैध मुद्रा कारोबार नियन्त्रण, आपसी सूचना आदानप्रदान तथा संवेदनशील विषयहरूमा सहकार्य गर्ने विषयमा गम्भीर छलफल भएको थियो।
प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव का अनुसार बैठक सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]