शरीरमा पानीको कमी भए के हुन्छ ?

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, साउन १६, २०८१

विराटनगर / शरीरमा पानीको मात्रा कम भएमा विभिन्न समस्या देखा पर्छन् । शरीरमा पानीको मात्रा, शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम भए त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ ।

हाम्रो शरीरबाट पिसाब या पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर निस्कन्छ । पानीको मात्रा कम भएमा शरिर कम्जोड र थकान महशुस हुन सक्छ ।
पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीरको सबै प्रक्रियामा असर पर्छ । शरीरमा उर्जा नहुँदा मानिस शारीरिक रुपमा सक्रिय हुन सक्दैनन् ।

शरीरमा पानीको कमी भए के हुन्छ ?

शरीरमा पानीको कमी भएको अवस्थामा श्वासप्रश्वास प्रणालीमा समस्या उत्पन्न हुन्छ । जसका कारण श्वास लिन समस्या हुन्छ । यदि अचानक दमको समस्या भयो भने बिरामीले बढीभन्दा बढी मात्रामा पानी प्युनु पर्दछ। यसका साथै जूस, नरिवल पानी, लस्सीहरु भरपूर मात्रामा पिउनु पर्छ । यसबाट तीब्र गतिमा श्वास लिने समस्या कम हुन्छ ।

गर्मीमा अक्सर पसिना बढी बग्दा शरीरको र गतमा रहेको पानीको मात्रामा कमी आउन सक्छ । यस्तो अवस्थामा धेरै पानी खाने सल्लाह दिइन्छ । उच्च रक्तचापका बिरामीले छिन छिनमा पानी पिउनुपर्छ । शरीरबाट पानी निस्क्यो भने रक्तचाप कम हुन सक्छ ।

उच्च कोलेस्टेरोल एक समस्या हो, जो मुटुका लागि घातक हुन सक्छ । जब आवश्यकताको हिसाबले पानी पिइदैंन, शरीरले बढी मात्रामा कोलेस्टेरोल निर्माण गर्छ । यदि शरीरलाई पर्याप्त पानी मिल्ने हो भने कोलेस्टेरोलको समस्या उत्पन्न हुँदैंन ।

पानी मार्फत छालाको राम्रो हेरचाह हुन्छ । छालाले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । यसले पानीको स्तर पनि नियन्त्रित गर्छ । पानी भरपूर पिउनाले छाला नरम पनि बन्छ । पानीको कमी हुँदा छाला रुखो र निस्तेज हुन्छ । डिहाइड्रेसन हुँदा छालामा डर्मटाइटिस, सराइअसिस जस्ता विभिन्न समस्या निम्तिने डर हुन्छ ।

शरीरले पर्याप्त पानी नपाउँदा क्याल्सियम र म्याग्नेसियमको कमी हुन्छ, जसबाट शरीरमा पाचन सम्बन्धी धेरै समस्या आउन सक्छ । जस्तै ः अल्सर, ग्यास आदि । खाना पचाउन पनि पानी आवश्यक हुन्छ ।

खानाबाट प्राप्त क्यालोरीलाई जलाउन पानीको महत्वपूर्ण भूमिका हुन्छ । पानीको मात्रामा कमी आउनाले क्यालोरी जलाउन पर्याप्त पानी नपाउने हो भने बोसो कम नष्ट हुन्छ र तौल बढ्ने समस्या हुन्छ ।

डिहाइड्रेसन मानिसको दिमागको कार्य कुशलतालाई प्रभावित गर्न सक्छ । मधुमेह पीडित हुँदा बढेको ब्लड सुगरको स्तर पिसाबको रूपमा बहिर निस्कन्छ । योभन्दा बढी भयो भने कमजोरी महसूस हुन्छ र शरीरमा पानीको कमी हुन्छ ।

पानीले हाम्रो जोर्नी र मांसपेशीलाई नरम बनाउँछ । यसको कमी हुनाले जोर्नी वा मांसपेशीमा पीडा हुन सक्छ । शरीरमा पानीको कमीका कारण रगतको मात्रामा पनि कमी आउन सक्छ । रगतमा आउने यो कमीका कारण जोर्नीको समस्या पनि आउन सक्छ ।

शरीरमा निरन्तर चलिरहने अनेक खालका रासायनिक क्रियाका कारण केही विषालु तत्वको निर्माण हुन्छ । यी विषाक्त पर्दा शरीरबाट बाहिर निकाल्न आवस्यक हुन्छ । पानी कम हुँँदा यस्ता विषालु तत्व शरीरमा बनिरहन्छन् र थुप्रै प्रकारका रोग लाग्न सक्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]