

विराटनगर / नेपालको छिमेकी मित्र राष्ट्रिय भारतको प्रतिष्ठित एयरकन नेपाल नामक कम्पनिले कन्डिशनर एसि “ ब्लू स्टार ” कोलागी विराटनगरमा प्राविधिक भेटघाट कार्यक्रम गरिएको छ ।
“ टेक कनेक्ट ” अर्थात प्राविधिक जनशक्तिसँग भेटघाट तथा अन्तरकृया छलफल कार्यक्रममा ब्लूस्टारले आफूले उत्पादन गर्ने प्रडक्टहरुको बारेमा जानकारी दिनुका साथै उनिहरुलाई कम्पनिका प्रडक्ट समेतको सर्भिसीङ्, सुरक्षा, रिपेयररिङ् लगायतका शीप मूलक जानकारी दिए ।
नेपालका लागि “ ब्लू स्टार ” आधिकारिक विक्रेता एयरकन नेपालले विराटनगर एयरर्पोट लाइन पर्पल हेजमा भेटघाट कार्यक्रम सम्पन भएको हो ।
टेक कनेक्ट कार्यक्रममा आएका प्राविधिक मेकानिक र व्यवसायीहरुलाई ब्लू स्टार एसीको विशेषता, बजारमा उपलब्ध अन्य ब्राण्डसँगको भिन्नता, सर्भिस, वारेन्टी लगायतका बारेमा वृहत् जानकारी गराइएको एयरकोन नेपालका सेल्स म्यनेजर सुमन खडकाले जानकारी दिए । विराटनगरमा आधिकारिक विक्रेता हर्शित इन्टरप्राइजेज रहेको छ ।
कोशी प्रदेशको टेक्नीकल कोडिनेटर श्रीराम राजवंशीले कार्यक्रममा बोल्दै भन्ने “ भारतमा ८० वर्षदेखि रुचाइएको ब्लू स्टारलाई नेपाली प्रयोगकर्ताले पनि मन पराएको दावी गर्दै उनले भने, ‘ एसी आजको आवश्यकता भएको छ । प्रचण्ड गर्मिमा एसी नभए बाच्ने गाह्रो हुन्छ । तर एसी लगाएर पनि गर्मी कम नभए उपभोक्ताको पैसा बर्बाद हुन्छ । त्यसैले पनि ब्लू स्टार कम्पनिको एसी लगाउन मेरो सुझाव छ । यसले अन्य ब्राण्डको तुलनामा कोठालाई छिटो चिसो मात्र बनाउँदैन । बिजुलीको खपत पनि कम गर्छ ।’
ब्लू स्टारले घरायसी एसीमा इन्भर्टर र नन इन्भर्टर एसी, क्यासेट्स एसीसँगसँगै कमर्सियल एसी, सेन्ट्रल एसी, औद्योगिक एसी पनि उत्पादन गर्ने श्रीराम राजवंशीले जानकारी दिए । त्यसका साथै एयरकोन नेपाल इन्करोप्रेटेडले कोल्ड रुप (स्टोर) निर्माण र जडानको काम पनि गर्ने उनले बताए ।