विराटनगरमा प्रतिकठ्ठा जग्गा ४ देखि ६ करोड रुपैयाँ

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित बुधबार, साउन १६, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाको वडा नं. ११ स्थित बसपार्कको दक्षिण तर्फ जग्गा बिक्री भईरहेको छ।

प्रतिकठ्ठा जग्गा ४ देखि ६ करोड रुपैयाँका दरले बिक्री भई रहेको हो। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र मल्होत्राले बुधबार प्लटिङ जग्गाको बिक्री वितरण सुरु भएको घोषणा गरेका छन् । बुधबारदेखि विराटनगर बसपार्कमा ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रा.लि. ले प्लटिङ गरेको प्रतिधुर घडेरी जग्गा २० देखि ३० लाख रुपैयाँका दरले बिक्री सुरु गरेका छन् ।

मेयर कोइरालाले ३ वर्ष अगाडि विराटनगर बसपार्कको मझुवा पोखरीलाई प्रति कठ्ठा २ करोड रुपैयाँका दरले बिक्री गरेका थिए ।
त्यस्तै गरी काठमाडौंका एक धनाढ्य मल्होत्रा र उनका साझेदार पार्टनरले सुरुमा ठुलो होटल बनाउने भन्दै मझुवा पोखरी खरीद गरेका थिए ।

पछिल्लो समय मल्होत्रा र उनका साझेदार पार्टनरहरुले होटल बनाउनु सट्टामा जग्गालाई प्लटिङ गरेर घडेरीको रुपमा बिक्री गर्न थालेका छन् ।

४८ कठ्ठा १३ धुर जग्गालाई मल्होत्रा र उनका साझेदार पार्टरहरुले टुक्रा टुक्रा गरेर ६९ वटा जग्गा घडेरी बनाएका छन् । न्यूनतम ८ धुरदेखि १ कठ्ठासम्मको जग्गालाई एउटा घडेरी बनाएका छन् ।

जग्गा धनी मल्होत्रा सहित उनका साझेदार पार्टनरले सुरुको ७ दिन भित्र जग्गा खरीद गर्ने जग्गा धनीलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]