नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिक उत्सव

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, जेठ ०२, २०८२

विराटनगर / नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिक उत्सव
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आफ्नो ५७ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएका छन्।
विराटनगरको बरगाछीमा वैशाख ३१ गते रक्तदानको कार्यक्रम राखिएको थियो। सो अवसरमा ८१ जनाले रक्तदान गरेका थिए।

जेठ १ गते प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो। बिहान ७.३० बजेबाट विराटनगरको तीन पैनीबाट शुरू भइ मेनरोड हुँदै महेन्द्रचोकमा पुगेर कोसभामा परिणत भएको थियो।

निप्सका सचिव प्रकाश पाेखरेलले जानकारी गराए अनुसार कार्यक्रममा विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरू, लघु बीमाका कर्मचारीहरु, बीमा कम्पनीका अभिकर्ताहरू र सर्भेयरहरू गरी ४९० जनाको उपस्थिति रहेको थियो।

कोण सभालाई नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका, प्रदेश प्रमुख विनोदकुमार पोखरेलले समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]