

अहिले म, हामी र तपाईँ चिया गफमा हुनुहुन्छ होेला । कुराहरु के के हुदैछ विचार गर्नुस् । तेरो नेता फठाहा, होइन तेरो नेता भ्रष्टचारी, हाम्रो गौरबशाली पार्टि, म ठुलो तँ सानो यी र यस्ता विषय वस्तुमा पकै छलफल चलिरहेको होला ।
प्रत्येक विहान र बेलुकी चिया गफ सबैको लागी एक संस्कार जस्तै भएको छ । चिया र गफसंगै चुरोट पिउनेले चुरोट र गफ सुनेले गफ, गफ दिनेले गफ दिए जस्तै, गफ सुनेर रमाइलो गर्नेले गफ सुनेर चिया र गफको मजा विहान र बेलुकी प्राय प्रत्येक चिया पसल तिर हेर्न सकिन्छन् । चिया र गफको मजा लिने देखि सुनेसम्म खुब रमाइलो हुन्छन् । कहिँकाहिँ त चिया र गफमा आ—आफना महत्पूर्ण राजनितिक विचार राखिराख्दा गफगर्दागर्दैको झग्डा अझ रमाइलो र लोभनिय कार्यक्रम जस्तो हुन्छन् । महत्पूर्ण आ—आफना विचार राखिराख्दा साथीहरुको विच झग्डा हुदा झनै ज्योति मगर र प्रीति पास्वानले नाचे जस्तै रमाइलो हुने त्यो मञ्चमा विचारकको कमी पकै हुदैन फेरी ।
सबैले आ — आफनो महत्पूर्ण विचार शोकले राख्दछन् । आ—आफनो महत्वपूर्ण विचार राखिसकेपछि कार्यक्रम अझ रमाइलो नहुने कुरा हुदैन फेरी, रमाइलो नै हुन्छन् । र झग्डा भइरहेको बेला त्यो कार्यक्रम एक किसिमको रमाइलो कार्यक्रम जस्तै लाग्दछन् । विहान र बेलुकीको “चिया — गफ” रमाइलो हुने अर्को विषय यो पनि हो कि सबैले सबैको कुरा काटिरहेको हुन्छन् र आ—आफना विचार कहिँ नभएको विचार दि राख्दा अर्को तर्फबाट फेरी फरक विचार राखिराख्दा त्यो दृश्य झनै रमाइलो हुने गर्दछन् । चिया गफमा धेरै नयाँ — नयाँ कुराहरु सिकने एक मञ्च जस्तै हो । जहाँ नेपाल तथा विस्वको समेत समाचार देखि राजनितिक विषय वस्तुसम्म बिलकुल फरक सबै प्रकारका विषय वस्तुहरु विचार बिमर्श र छलफल चल्ने गर्दछन् ।
चिया गफमा हुने विषय वस्तुहरु धेरै प्रकारका मध्य केहि प्रकार पेस गर्न अनुमति लिन चाहान्छु । सांकेतिक अर्थमा त्यो ऊखाने टुक्का गर्ने, त्यो प्रचण्डे, र्याल चुवाउने सेरे, ऐ त्यो माकुने, ए दुर्गे माफिया यी र यस्ता विषय वस्तुमा चर्चा भइरहदा सबैले आ— आफनो विचार र महत्पूर्ण विषय वस्तु दमदार तरिकाले चिया गफमा राख्दछन् । यो तेरो नेता फठाहा, तिम्रो नेता भ्रष्टचारी, तिम्रो पार्टिको त्यो ७० करोड नेता होइन । तिम्रो पार्टिको मान्छेले व्हाइटबढि काण्ड गरेको होइनन् यी र यस्ता प्रसिद्घ काण्डहरुको चर्चा चलिरहदा रमाइलो र चिया गफ राम्रो नहुने कुरा पकै हुदैन होला । विचार राख्ने ठाउँनै चिया गफ हो जस्तो अनुभुती हुन्छन् ।
विराटनगरको बजार क्षेत्रभित्र होस् या तराइको गाउँ—गाउँमा होस् चल्ने चिया गफमा यस्तै विषय वस्तु हो । जहाँ चिया र गफको साथै चुरोट पिउने सबैको भेला हुने स्थान विहान र बेलुकीको चिया गफमै हुने गर्दछन् ।