पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनद्वारा भुतुनी पुल उद्घाटन

Logo
जनक राजवंशी / झापा प्रकाशित बुधबार, जेठ ०७, २०८२

हल्दिबारी / झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ र ५ लाई जोड्ने भुतुनी खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन एक कार्यक्रमका बीच पूर्व उपप्रधानमन्त्री तथा झापा क्षेत्र नम्बर ३ का संघीय सांसद माननीय राजेन्द्र लिङ्देनले गर्नुभएको छ।
उद्घाटन समारोहमा बोल्दै सांसद लिङ्देनले सबै सरोकारवालाबीच समन्वय र सहयोग भएमा विकास निर्माणका कामहरू समयमै सम्पन्न हुने उल्लेख गर्दै जनप्रतिनिधिहरूमा इमान्दारिता र प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले हल्दीबारी गाउँपालिकालाई विकासको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै जनतासँगको उत्तरदायित्वप्रति प्रतिबद्ध हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।

संघीय सांसदमा निर्वाचित भएपछिको पहिलो पहलस्वरूप लिङ्देनले हल्दीबारीका तीनवटा काठे पुल विस्थापन गर्ने उद्देश्यले तिनै पुलहरूको शिलान्यास गर्नुभएको थियो। हाल तीमध्ये झापाको झापारोड दक्षिणमा र हल्दीबारी वडा नम्बर २ र ३ को सिमानामा रहेको भूसरी खोलाका दुई पक्की पुल तथा आज उद्घाटन गरिएको भुतुनी खोलाको पुल सम्पन्न भएका छन्।

करिब ५ करोड लागतमा गाउँपालिकाको आन्तरिक स्रोतबाट सम्पन्न तीनवटा पुलहरू स्थानीय आवागमनमा सहजता ल्याउनुका साथै बाढीबाट हुने जोखिम न्यूनीकरणमा समेत योगदान पुग्ने विश्वास लिइएको छ।

पुल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लिङ्देनसँगै गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा लगायत स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, वन समिति तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजेन्द्र न्यौपानीले गर्नुभएको थियो।

हालसम्म हल्दीबारी गाउँपालिकाले १५० वटा काठे पुल विस्थापित गरी पक्की कलवर्ट तथा पक्की पुलहरू निर्माण गरिसकेको छ, जसले स्थानीय पूर्वाधार विकासमा ठुलो फड्को मारेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]