ईप्रका दुहबीले गर्यो लागुऔषध र साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित बुधबार, जेठ ०८, २०८२

दुहबी / इलाका प्रहरी कार्यालय दुहबीले समुदाय प्रहरी साझेदारी मार्फत दुहबी नगरपालिका वडा नम्बर १२ स्थित वुग्डहरीमा रहेको केशलिया इङ्लिस बोर्डिङ स्कुलमा लागुऔषध र साइबर क्राइम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ।
कार्यक्रममा स्कुलका कक्षा ८ मा अध्ययनरत करिब ६० जना विद्यार्थी युवा युवती र अभिभावकहरु सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय दुहबी प्रमुख प्रहरी निरिक्षक सागर तिम्सिनाले लागु औषधको दुष्प्रभाव र यसले युवा पुस्तामा पार्ने असरबारे विस्तृत जानकारी प्रोजेक्टर मार्फत प्रदान गरेका थिए।

त्यसैगरी समुदाय प्रहरी साझेदारी प्रतिनिधिले बढ्दो साइबर अपराध र यसबाट बच्ने उपायहरूको बारेमा विद्यार्थीहरूलाई अवगत गराए। विशेषगरी सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी र व्यक्तिगत जानकारीको सुरक्षाबारे महत्वपूर्ण सल्लाह दिइएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्ने र प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए। विद्यालयका प्रधानाध्यापक सन्जु बन्जराले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई समाजमा हुने विभिन्न प्रकारका अपराधबाट सचेत रहन मद्दत पुग्ने बताए।

कार्यक्रमको अन्त्यमा इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरिक्षक सागर तिमिल्सिनाले लागुऔषध र साइबर अपराध नियन्त्रणमा विद्यार्थी , युवा युवती तथा अभिभावकहरूको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताउँदै समाजलाई स्वस्थ र सुरक्षित बनाउन सबैको सहयोग आवश्यक रहेको कुरामा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]