विराटनगरमा सीप उत्सव २०८२ भव्य रूपमा आयोजना हुने

Logo
भोजराज घिमिरे प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

विराटनगर, जेठ ९ – उद्योग संगठन मोरङको आयोजनामा, स्वीस सरकार र नेपाल सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित ENSSURE परियोजनाको प्राविधिक सहयोगमा र कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा विराटनगरमा सीप उत्सव २०८२ भव्य रूपमा आयोजना हुने भएको छ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना ले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिएका हुन्। अध्यक्ष सुरानाले भने, “सीप बिना काम खोज्न गाह्रो छ, र सीप बिना काम दिन पनि। दक्ष जनशक्ति उत्पादन गर्न यो उत्सव आयोजना गरिएको हो।” उनले सीप हासिल गरेका युवालाई स्वदेशमै रोजगारीका अवसर दिनु आवश्यक रहेको उल्लेख गरे।

उत्सवको मुख्य उद्देश्य रोजगारीको खोजीमा रहेका युवा, उद्योग र तालिम प्रदायक संस्थाबीच समन्वय स्थापित गर्नु रहेको जनाइएको छ। उद्योगको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

उत्सव अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका प्राविधिक शिक्षालयहरूबाट छनोट भएका सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन विधाका गरी १८ जना प्रशिक्षार्थीबीच सीप प्रतियोगिता हुनेछ। तिनै विधातर्फ प्रथम हुने प्रशिक्षार्थीलाई ‘कोशी प्रदेश स्किल आइकन’ को उपाधि प्रदान गरिनेछ। उद्योग संगठन मोरङका उपाध्यक्ष बिपिन काबराले लाइभ तालिम र करियर काउन्सिलिङ प्रमुख आकर्षक जेष्ठ ११ गते बिहान ८ बजेदेखि ११:३० बजेसम्म उद्योग संगठन मोरङको तीनपैनीस्थित सचिवालयमा हुने बताए ।

कार्यक्रममा होटल व्यवस्थापन, सूचना प्रविधि, इलेक्ट्रिकल र पूर्व बाल विकास विधामा प्रत्यक्ष लाइभ तालिमहरू, साथै एक हजारभन्दा बढी विद्यार्थीका लागि ‘करियर काउन्सिलिङ’ सत्र सञ्चालन गरिनेछ। उक्त सत्रहरूमा उद्योग क्षेत्रका विज्ञहरूले मार्गदर्शन, प्रेरणा र व्यावसायिक सल्लाह प्रदान गर्नेछन्।

संगठनका महानिर्देशक चुडामणि भट्टराईका अनुसार, सीप उत्सवका माध्यमबाट व्यवहारिक सीप, व्यवसायिक तालिम र रोजगारीबीचको दूरी घटाउने प्रयास गरिनेछ। यस्तै, होटल एसोशिएसनका राजन श्रेष्ठले रोजगारदाता र श्रमिक दुबैका लागि यो उत्सव लाभदायक हुने बताए।

इन्स्योर हेल्भेटासका कोशी प्रदेश प्रबन्धक विकास पन्थीले सीप, उत्पादन र बजार प्रवर्द्धनमा सीप उत्सव एक महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT), कम्प्युटर एसोशिएसन अफ नेपाल महासंघ मोरङ, होटल एसोशिएसन अफ नेपाल, नेपाल अटोमोबाइल डिलर्स एसोशिएसन लगायतका संघसंस्थाहरूको समेत उल्लेखनीय सहयोग रहनेछ।

उद्योग संगठन मोरङले यस भव्य उत्सवलाई सफल बनाउन सम्पूर्ण सञ्चारकर्मीहरूलाई सहयोग र सहभागिताको आह्वान समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]