प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन – मुख्यमन्त्री कार्की

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित बिहिबार, साउन १७, २०८१

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार क्रियाशिल रहेको बताउनु भएको छ ।

नेपाल चिकित्सक सङ्घ कोशी शाखाको बुधबार बेलुका बिराटनगरमा नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन समारोहमा बोल्दै उहाँले सरकार स्वास्थ क्षेत्र प्रति संवेधनशिल रहेको बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा ब्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले सरकारले जनताको घर–घरमा स्वास्थ्य सेवा पु¥याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन सङ्घलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य शुरु गरेको जानकारी दिँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा नै जानकारी प्राप्त भएमा दोषिलाई कारवाही गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विचार राख्नु भयो । चिकित्सकहरुले भौतिक र आर्थिक सुरक्षाको कुरा उठाएपछि उहाले स्रोत र साधन हेरेर सरकार अघि बढ्ने जानकारी दिदै भौतिक सुरक्षामा भने कुनै कसर नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । चिकित्सक सघ नेपालको पुरानो संस्था भएकाले यो संग सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोे बताउदै उहाँले कोशी प्रदेशलाइ स्वास्थको हब बनाउन सकिने बताउनु भयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलव्ध गराउनु पर्ने सुझाव दिनु भयो ।

सङ्घका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले व्यवस्था परिवर्तन भएपनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले सङ्घका नव निर्वाचित अध्यक्ष डा राजेन्द्र चौधरी लगायत समितिका पदाधिकारीहरुलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]