निर्मल भट्टराईद्वारा व्यवसायी सदस्य राहत कोषमा ५१ हजार सहयोग

Logo
भोजराज घिमिरे प्रकाशित सोमबार, जेठ १३, २०८२

निर्मल भट्टराईद्वारा व्यवसायी सदस्य राहत कोषमा ५१ हजार सहयोग
बिर्तामोड, झापा – बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको व्यवसायी सदस्य राहत कोषमा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। संघको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
संघका विशिष्ट सदस्य समेत रहेका भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर कोषमा सहयोग गरेका हुन्। उनले आगामी वर्षहरूमा पनि कोषमा एक करोड रुपैयाँ नपुग्दासम्म प्रत्येक जन्मदिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
श्रीमती सुमित्रासहित कार्यक्रममा सहभागी भएका भट्टराईले बिर्तामोड उद्योग वाणिज्य संघ व्यवसायीहरूको हितमा सक्रिय रहेको भन्दै राहत कोषको वृद्धिका लागि निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।
भट्टराई अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष समेत हुन्। साथै, उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थासँग पनि आवद्ध छन्।
कोषमा सहयोग पुर्‍याएको योगदानको कदरस्वरूप संघले भट्टराईलाई कदरपत्रसहित सम्मान गरेको छ। सम्मानपत्र संघका अध्यक्ष राजु न्यौपाने, कोष संयोजक राजकुमार घिमिरे ‘राजु’, उपाध्यक्ष जीवन खड्का, गोमा भट्टराई, महासचिव कुशल खतिवडा लगायतले संयुक्त रूपमा प्रदान गरेका थिए।
संघले एक करोड रुपैयाँ बराबरको व्यवसायी सदस्य राहत कोष स्थापना गरेको हो। हालसम्म उक्त कोषमा झण्डै २० लाख रुपैयाँ संकलन भइसकेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]