करारको माग गर्दै महेन्द्र मोरङ्ग क्याम्पसमा आठ दिन देखी प्राध्यापकहरु धर्नामा, भोलि सम्म माग पुरा नभए कक्षा नलिने चेतावनी

Logo
ग्रामीण पत्रिका / विराटनगर प्रकाशित बिहिबार, साउन १७, २०८१

बिराटनगर / बिराटनगर मा रहेको महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस तथा बिराटनगरका अन्य प्रध्यापकहरु आठ दिन देखी धर्नामा बसेका छन् । उनीहरु आफ्नो करारको माग गर्दै निरन्तर आठ दिन देखी धर्नामा बसेका हुन्।

२०७७ माघ ११ गते भएको सम्झौतामा आंशिक प्राध्यापकहरूलाई करारमा ल्याउने सहमति भए पनि, सो सम्झौता हाल सम्म पनी कार्यान्वयन नगरिएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्।

धर्नामा सहभागी आंशिक प्राध्यापक संघ क्याम्पस इकाईका अध्यक्ष धिराज आचार्यले धर्नाको उद्देश्य स्पष्ट पार्दै भने, “त्रिविले गरेको सम्झौताको पालना नगरेपछि हामी बाध्य भएर धर्ना बस्नुपरेको हो। २०७७ मा भएको सम्झौतामा आंशिक प्राध्यापकहरूको करारको कुरा थियो, तर अहिलेसम्म यसबारे कुनै ठोस कदम चालिएको छैन।”

साउन ९ गतेदेखि हरेक दिन बिहान १० बजेबाट ५ बजेसम्म क्याम्पस प्रमुखको कार्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिँदै आएका छन्। प्राध्यापकहरूले करारको प्रक्रिया तुरुन्त सुरु गर्न र उनीहरूको मागलाई सम्बोधन गर्न त्रिवि प्रशासनलाई दबाब दिने उद्देश्यले यस प्रकारको धर्ना कार्यक्रमको आयोजना गरेको बताएका छन्।

धर्नामा सहभागी प्राध्यापकहरूको संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ। उनीहरूको समर्थनमा विद्यार्थी र अन्य शैक्षिक संघसंस्थाहरूले पनि ऐक्यबद्धता जनाएका छन्। धर्नामा सहभागी एक आंशिक प्राध्यापकले भने, “सम्झौतामा उल्लेख भएअनुसार हामीले करारको अपेक्षा गरेका थियौं, तर यस विषयमा कुनै पनि पहल नभएपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं।”

उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन्। त्रिवि प्रशासनले तत्काल उनीहरूको माग सम्बोधन नगरे, उनीहरूले संघर्षका थप कार्यक्रमहरू पनि अघि बढाउने चेतावनी दिएका छन्। वार्ता गर्नका निमित्त बोलाएर चिया पान मात्र गराएको समेत शिक्षक
हरु आरोप लगाएका छन्। भोलि सम्म माग पुरा नभए आईतबार देखि कक्षा कोठामा नजाने साथै कक्षा नलिने समेत शिक्षकहरुले चेतावनी दिएका छन्।

यस प्रकरणले शैक्षिक संस्थामा श्रमिक अधिकारको मुद्दा पुनः सतहमा ल्याएको छ। त्रिवि र आंशिक प्राध्यापकहरूबीचको सम्झौता कार्यान्वयनको पर्खाइमा रहेका अन्य क्याम्पसहरूमा पनि यो आन्दोलनले प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]