

इनरुवा / सुनसरीकाे इनरुवा नगरपालिका ५ बलाहाकाे सुर्य किरण एकेडेमीका कक्षा १० र १२ का विधार्थी विदाई तथा
बार्षिक खेलकुदमा बिजेताहरुलाई पुरस्कार वितरण र नयाँ भर्ना भएको विधार्थिहरलाई स्वागत कार्यक्रम गरेको छ ।
विधालयले मायाकाे चिनाे, खादा, मेडल ,प्रमाणपत्र अविर सहित सुर्य किरण एकेडेमीमा विधार्थी विदाई स्वागत तथा वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयमा वर्ष २०८० मा कक्षा ११ मा भर्ना भई २०८२ मा नियमित कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डबाट बोर्ड परीक्षा दिएका विद्यार्थीहरुलाई विद्यालयले वार्षिकोत्सब कार्यक्रमका बिच विदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको प्रिन्सिपल मनाेजकुमार यादवले जानकारी दिएका छन ।
स्कुलको प्राङ्गणमा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीले कल्चरल फेसन शो ,नाटक देखि अन्य प्रतिभा पस्किएका थिए। स्कुलको वार्षिक पुरस्कार वितरण बिदाइ ,नव भर्ना हरुलाई स्वागत समारोह तथा समान कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा स्कुल मा भएको स्पोर्ट्स मिट विभिन्न खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।साथै बिधालयमा उत्कृष्ट क्रियाकलापगरने खेल प्रतियोगितामा स्कुुल बाट सहभागी भई बिजेता उपविजेता जित्न सफल रहेको स्कुलले ट्रफि प्रमाणपत्र मेडल सहित समान समेत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष अनिल पोखरेल ,वडा सदस्य दुर्गा प्रसाद दाहाल (नवीन),
जयकृष्ण यादव, शिवराज काफ्ले, राजु बराल, भाेजराज पाेखरेल सहितले विद्यार्थीहरुको उज्ववल भविष्यका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहायक प्रिन्सिपल ईन्द्र विनाेद भट्टराई, शिक्षक पवित्र यादव, नन्दन कर्ण, प्रमाेद पण्डित, अमृत चाैधरी, श्रवण यादव ,पत्रकार चन्दन रौनियार ,पत्रकार महेश गुरागाई अभिभावक सहितको उपस्थिति रहेको थियो । प्रिन्सिपल मनाेज यादवले विद्यार्थीहरुले विद्यालयमा रहँदा देखाएको अनुशासन र व्यवहारिक क्रियाकलापको प्रशंसा गर्नुभएको थियो ।